
काठमाडौं। असोज अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप ८.१८ अर्ब रुपैयाँले बढेको छ। चाडपर्वका कारण असोज तेस्रो साता बैंकहरुले गुमाएको निक्षेप लगत्तैको साता पुन: प्रणालीमा फर्किएको हो।
चौथो साताको अन्त्यसम्म बैंकहरुसँग कुल ४५ खर्ब १९ अर्ब रपैयाँ निक्षेप छ। अघिल्लो सातासम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ११ अर्ब रुपैयाँमा सिमित थियो।
सो एक साताको अन्तरालमा बैंकहरुमा स्वदेशी मुद्राको निक्षेप बढेको छ भने विदेशी मुद्राको निक्षेपमा केही कमी देखिन्छ।
निक्षेपसँगै सामान्य रुपले कर्जामा पनि बढेको हो। ६२ करोड रुपैयाँ थप कर्जा परिचालन भएको छ। असोज अन्तिम सातासम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा दिएका छन्।