
काठमाडौं। २८ दिनेबाहेक सबै ट्रेजरी बिलको ब्याज (बट्टा) दर अधिकतम ११ प्रतिशत नाघेको छ। राष्ट्र बैंकले नवीकरणका लागि राखेको ट्रेजरी बिलको ब्याज ११.७७ प्रतिशतसम्म पुगेको हो।
२८ दिने ट्रेजरीको ब्याज भने पहिलेभन्दा घटेको छ। औषत ब्याज ८.६१ प्रतिशतमा आएको छ। यसअघि ९.५४ प्रतिशत थियो।
यता ९१ दिने ट्रेजरीको ब्याज अधिकतम ११.४४ प्रतिशत पुगेको छ भने औषत १०.७१ प्रतिशत कायम भएको छ। १८२ दिनेको अधिकतम ११.७४ र औषत १०.८४ प्रतिशत कायम भएको छ। साथै ३६४ दिने ट्रेजरी औषत ब्याज १०.७६ प्रतिशत छ भने अधिकतम ११.७७ प्रतिशत पुगेको छ।
तरलता संकट गहिरिँदै गएपछि बैंकहरुले ऋणपत्रमा बढि ब्याज माग्न थालेका हुन्। एक बर्षअघि यस्ता ट्रेजरी बिलको ब्याज ६ प्रतिशत हाराहारी थियो।
नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण नवीकरणमा राखेको थियो।
२८ दिने ट्रेजरी बिल २०० करोडको, ९१ दिने ५२० करोडको, १८२ दिने ५०० करोडको र ३६४ दिने ६०० करोडको नवीकरणमा राखेको थियो।