सोल्टी होटलले २६.३२ प्रतिशत लाभांश दिने, पुस ६ गतेसम्म कायम सेयरधनीले पाउने



बिजमाण्डू
२०७९ कात्तिक २ गते ११:३२ | Oct 19, 2022


सोल्टी होटलले २६.३२ प्रतिशत लाभांश दिने, पुस ६ गतेसम्म कायम सेयरधनीले पाउने


काठमाडौं। अघिल्लो वर्ष सेयरधनीलाई निराश पारेको सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ। कम्पनीले सेयरधनीका लागि हाल कायम चुक्ता पुँजीको २६.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

Tata
Global Ime

प्रस्तावित लाभांश कम्पनीको ४८ औं वार्षिक साधारण सभाबाट पारित हुँदैछ। कम्पनीले लाभांशबाट ५ प्रतिशत बोनस सेयर र २१.३२ प्रतिशत नगद दिने एजेन्डा सभामा लैजादै छ। सभा पुस २८ गते प्रज्ञा प्रतिष्ठान भवनमा हुँदैछ।

हाल कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ छ। यसमा प्रस्तावित बोनस सेयर थपिँदा कम्पनीको चुक्ता पुँजी ८८ करोड ४६ पुग्नेछ।

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। जस अनुसार पुस ६ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन्।