बीवाइडीको एटो-३ अनामनगरको इको ड्राइभ शोरुममा प्रदर्शन, ग्राहक प्रतिक्रिया उत्साहजनक



बिजमाण्डू
२०७९ कात्तिक २ गते ११:३४ | Oct 19, 2022


काठमाडौं। अनामनगरस्थित इको ड्राइभ शोरुममा बीवाइडीको एटो-३ प्रदर्शन गरिएको छ। बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले मंगलबार उक्त शोरुममा एटो-३ को प्रदर्शन गरिएको जनाएको हो।

Tata
Global Ime

शोरुमबाट भर्खरै सार्वजनिक भएको एटो-३ लाई बुकिङ गर्न सकिने इको ड्राइभका निर्देशन सुनिल तामाङले बताए। उनका अनुसार यो नयाँ इभीको ग्राहक प्रतिक्रिया उत्साहजनक छ।

एटो-३ को नेपाली बजार मूल्य ८९.९ लाख रुपैयाँ छ। बिक्रेता कम्पनी साइमेक्सले हाललाई नेपाली बजारमा ठूलो क्षमताको ६०.४ किलोवाट क्षमताको ब्याट्री प्याक भएको एटो.३ उपलब्ध हुने जनाएको छ।

यसमा रहेको ब्याट्रीले एकपटकको फुल चार्जमा ४२० किलोमिटर दूरीसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यो गाडीमा फास्ट चार्जिङको सुविधा पनि उपलब्ध छ।

यसलाई फास्ट चार्जरबाट चार्ज गर्न ८० किलोवाटको फास्ट चार्जर आवश्यक पर्दछ, जसले ४५ मिनेटमै फुल चार्ज गर्ने दाबी गरिएको छ।