
काठमाडौं। एनआइबिएल एस क्यापिटलले धनतेरसका दिन लगानीसँगै सुन तथा चाँदीको सिक्का जित्ने अफर ल्याएको छ।
एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजना) मा योजना व्यवस्थापकको रुपमा रहेको क्यापिटलले धनतेरसमा लगानीकर्ताहरुहलाई लगानीका साथै सुन तथा चाँदीका सिक्का जित्ने मौका ल्याएको छ।
लगानी गर्न शुभ मानिने धनतेरसको आउँदो शनिबार परेको छ। सो अवसरमा धितोपत्र बजारमा लगानी गर्न चाहने लगानीकर्ताहरुले लगानीका लागि अन्य कुनै विकल्प नहुँदा एनआइबिएल सहभागिता फण्डमा लगानी गरी लाभ प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ।
उक्त दिन क्यापिटलले बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म विशेष कारोबार सत्र संचालन गर्नेछ। सो अफर अन्तर्गत १० हजार वा सोभन्दा बढी एनआइबिएल सहभागिता फण्डको इकाई खरिद गर्ने लगानीकर्ताहरुका लागी सुन र चाँदी को सिक्का उपहार स्वरुप प्रदान गर्ने बताइएको छ।
साथै ३० हजार वा सोभन्दा बढी लगानी गर्ने एक जना लगानीकर्तालाई आधा तोला सुनको सिक्का र ५ जना लगानीकर्ताहरुलाई २ तोलाको चाँदीको सिक्का उपहार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ।
उक्त अफरमा सहभागी भएर १० हजारदेखि ३० हजार रुपैयाँसम्म लगानी गर्ने पाँच लगानीकर्ताहरुलाई समेत २ तोला चाँदीको सिक्का उपहार दिने क्यापिटलले जानकारी दिएको छ।
सो दिन एनआइबिएल एस क्यापिटलको सबै शाखा कार्यालय तथा फण्डको अनलाइन प्रणाली मार्फत योजनाको इकाई खरिद गर्न सक्ने बताइएको छ।