टिभिएसको एन्टर्क १२५ रेस एक्सपी स्कुटर सार्वजनिक, अपडेटेड स्कुटर ३.१५ लाखमा पाइने



बिजमाण्डू
२०७९ कात्तिक २ गते १७:१२ | Oct 19, 2022


टिभिएसको एन्टर्क १२५ रेस एक्सपी स्कुटर सार्वजनिक, अपडेटेड स्कुटर ३.१५ लाखमा पाइने


काठमाडौं। जगदम्बा मोटर्सले टिभिएस एनटर्क १२५ रेस 'एक्सपी' नेपालमा सार्वजनिक गरेको छ। टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बुधबार नयाँ स्कुटरको सार्वजनिक गरेको हो। टिभिएसको ब्राण्ड एम्बेस्डर प्रदिप खड्का र स्वस्तिमा खड्काले संयुक्त रुपमा स्कुटर सार्वजनिक गरेका छन्।

Tata
Global Ime

नयाँ मोडलमा टिभिएस स्मार्ट एनटर्क टीएम कनेक्टभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधाका साथै हलुका वजन रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुसनले यसको पावर डेलभिरी अझै राम्रो बनाएको जनाएको छ। यसमा प्रयोग भएको एड्भान्स इन्जनियरिङ पोलमिर र सर्वाधिक बलियो एलोए स्टीलले यसलाई अझ हलुका बनाएको दाबी कम्पनीको छ। जसका कारण स्कुटर चलाउन सजिलो हुने बताइएको छ।

टिभिएस स्मार्ट एक्सनेट कनेक्टभिटी प्लाटफर्मसहितको लन्चसँगै स्कुटर उद्योगमा छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको कम्पनीको जिकिर छ। 

यसमा मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एड्जस्टमेन्ट र डएिनडीलगायत अन्य थुप्रै कनेक्टभिटी अप्सनहरु समावेश गरिएको छ। यसमा १२५ सीसी सेग्मेन्टमा १० पीएसभन्दा धेरै पावर उपलब्ध रहेको कम्पनीले जनाएको छ। ट्राइ-टोन कलर रमि सहित उपलब्ध यो स्कुटरको मूल्य कम्पनीले ३ लाख १५ हजार ९०० रुपैयाँ तोकेको छ।