टीभीएस बाइकले रेडर १२५ सीसीलाई अपडेटेड भर्सनमा ल्यायो, यस्ता छन् नयाँ विशेषता



बिजमाण्डू
२०७९ कात्तिक ३ गते ०९:२८ | Oct 20, 2022


टीभीएस बाइकले रेडर १२५ सीसीलाई अपडेटेड भर्सनमा ल्यायो, यस्ता छन् नयाँ विशेषता


काठमाडौं। टिभीएसले रेडर १२५ को अपडेटेड भर्सन सार्वजनिक गरेको छ। टीभीएसको उक्त अपडेटेडमा ५ इन्चको टीएफटी डिजिटल एलसीडी डिस्प्ले उपलब्ध रहेको छ।

Tata
Global Ime

यसभन्दा अघिको भेरियन्टमा टीएफटी डिस्प्ले उपलब्ध थिएन। अहिलेको यो नयाँ भर्सनमा भोइस कमान्ड पनि समावेष गरिएको छ।

यसको मूल्य भारतमा ९९ लाख ९९० भारु तोकिएको छ। यसभन्दा अघिको नेपालमा उपलब्ध रेडर १२५ को मूल्य २ लाख ५६ हजार रुपैयाँ रहेको छ। यो बाइक नेपालमा आउनै बाँकी छ।

रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिंग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायत विशेषताहरु उपलब्ध छन्। साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाइट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षण प्रदान गरेको छ।

१२४.८ सीसी, सिंगल सिलिन्डर, एयर आयल कुल्ड एसआई कार्बुरेटर इञ्जिनद्वारा शक्ति प्रदान गरिएको यसले ७५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता छ।

बजारमा उपलब्ध अधिकांश १५० सीसीका मोटरसाइकलमा हालसम्म पनि २ भल्भ इञ्जिनको प्रयोग भइरहँदा यो बाइक भने ३ भल्भ इञ्जिन रहेको कम्पनीले जनाएको छ।

यो मोटरसाइकलले शून्यदेखि ६० किलोमिटर प्रति घण्टाको गति जम्मा ५.९ सेकेण्डमा प्राप्त गर्ने क्षमता बोकेको छ।