लुम्बिनी विकास बैंकको ९३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, १५ दिनभित्र आवेदन दिन सकिने



बिजमाण्डू
२०७९ कात्तिक ३ गते ११:११ | Oct 20, 2022


काठमाडौं। लुम्बिनी विकास बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्री खुलाएको छ।

Tata
Global Ime

बैंकले आज एक सूचना गर्दै सेयर बिक्री गर्ने जानकारी दिएको हो।

बैंकले संस्थाक सेयरधनी सुजन बरालको नाममा रहको १३ हजार कित्ता, अनन्तराज पोखरेलको ४ हजार कित्ता, युगराज रेग्मी ६५ हजार कित्ता र गणेसराज रेग्मीको नाममा रहेको ११ हजार ४०७ कित्ता गरी कुल ९३ हजार ४०७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।

यो सेयर बिक्रीका लागि पहिलो प्राथामिकता संस्थापक सेयरधनीहरु राख्दै बैंकले भदौ २२ गतेबाट बिक्री खुलाएको थियो। तर सो समय कुनैपनी संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको बैंकले जनाएको छ।

तसर्थ सो सेयर खरीद गर्न अन्य इच्छुक लगानीकर्ताले १५ दिन भित्र आवेदन दिन सक्नेछन्। आवेदन बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा बुझाउन सकिन्छ।