काठमाडौ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश दर घटेको छ। आर्थिक वर्ष ७६/७७ को तुलनामा कम्पनीको ०७७/७८ को लाभांश घटेको हो।
कम्पनीले अघल्लो आर्थिक वर्ष अर्थात ०७७/७८ को मुनाफाबाट लगानीकर्ताहरुलाइ १३ प्रतिशत बोनश सेयर तथा ०.६८ नगद लाभांश गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको कात्तिक २ गते बुधबार बसेको संचालक समितिको १६२औँ बैठकको निर्णयले सेयर धनीलाई लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो। प्रस्ताव पारितपछि चुक्ता पुँजी ३६ करोड २३ लाख रुपैयाँले बढ्ने छ।
यस्तै कर प्रयोजनका लागि १ करोड ९० लाख बढीको नगद लाभांश वितरण गर्ने भएको हो। यो प्रस्ताव बीमा समिति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरेपछि वितरण गरीने छ।
कम्पनीले आर्थिक वर्ष ७६/७७ को मा लगानीकर्तालाई १५ प्रतिशत बोनश सेयर तथा ०.८७ नगद लाभांश गरी कुल १५.८७ प्रतिशत लाभांश वितरण गरेको थियो।


