
काठमाडौं। हुन्डाई मोटरले आफ्नो लक्जरियस सेग्मेन्टमा नयाँ मोडल 'हुन्डाई ग्रान्डर' सेडान बजारमा ल्याउने भएको छ। कम्पनीले यसलाई यसको लक्जरियस सेडान सोनाटा मोडलभन्दा राम्रो हुने जनाएको छ।
ग्रान्डर सेडान रियर क्वार्टर ग्लास र थ्री स्पोक स्टेरिङ ह्विल जस्ता डिजाइनहरुमा उपलब्ध हुनेछ। यो गाडी यसको पहिलो जेन कारबाट प्रेरित छ।
हुन्डाईले आफ्नो फ्ल्यागशीप सेडान ग्रान्डरको बाहिरी र भित्री डिजाइन सार्वजनिक गरेको छ। दक्षिण कोरिया बाहिरका बजारहरूमा यसलाई अजेरा पनि भनिन्छ। नयाँ जेनरेसनको सेडानले अघिल्लो पुस्ताको कारबाट मुख्य स्टाइलिङ देख्न पाउने कम्पनीले जनाएको छ।
ग्रान्डरको फ्रन्ट डिजाइन २०२१ प्रस्तुत गरिएको स्टारिया एमपीभी मोडलसँग धेरै मिल्दोजुल्दो छ। यसमा रहेको ड्यासबोर्डमा डुअल-स्क्रिन सेटअप सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। यस्तै सेटिङहरू नियन्त्रण गर्न सेन्टर कन्सोल पनि राखिएको छ। यसमा थ्री-स्पोक स्टेयरिङ ह्वील पनि छ।
हुन्डाईले ग्रान्डरको प्राविधिक विवरणहरू अझै खुलासा गरेको छैन। अघिल्लो मोडेलमा पेट्रोल र डिजल इन्जिन दुवै विकल्पहरू थिए। नयाँ ग्रान्डर प्लग-इन हाइब्रिडसहितको पावरट्रेनहरूमा उपलब्ध हुनेछन्। यो गाडी २०२३ को सुरुमा विश्वव्यापी लन्च हुने अपेक्षा गरिएको छ।