असोज लागेपछि बैंकहरुको निक्षेपमा सुधार, तीन महिनाको ६९ अर्बमध्ये असोजमा मात्रै ६२ अर्ब



बिजमाण्डू
२०७९ कात्तिक ४ गते १२:३३ | Oct 21, 2022


असोज लागेपछि बैंकहरुको निक्षेपमा सुधार, तीन महिनाको ६९ अर्बमध्ये असोजमा मात्रै ६२ अर्ब


काठमाडौं। असोज लागेपछि बाणिज्य बैंकहरुको निक्षेपमा सुधार देखिन थालेको छ। बैंकर्स संघका अनुसार, असोज महिनामा मात्रै बैंकहरुको निक्षेप ६२ अर्बले बढेको छ।

Tata
Global Ime

असोजमा बैंकहरुले ब्याज बढाएका थिए। उनीहरुले साधारण मुद्दतिमा दिने ब्याज ११.०३ बाट बढाएर १२.१३३ प्रतिशत पुर्याएका थिए। यसले निक्षेपमा केही टेवा पुगेको हो।

जबकी चालु आर्थिक बर्षभरी बैंकहरुले जम्मा ६९ अर्ब मात्र निक्षेप संकलन गरेका थिए। यसमा असोज महिनाको हिस्सा ६२ अर्ब रुपैयाँ छ। असोज मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।

बैंकहरुले असोजमा ३० अर्ब रुपैयाँ ऋण दिएका छन्। चालु बर्ष भरी भने ५६ अर्ब रुपैयाँ दिएका छन्। ऋण पनि अघिल्लो दुई महिनाको तुलनामा असोजमा बढि गएको हो। बैंकहरुको कुल ऋण लगानी ४२ खर्ब २० अर्ब पुगेको छ।