काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर सूचीकृत भएको छ। केही समय अघि आइपीओ जारी गरेको लघुवित्तको साधारण सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकृत भएको छ।
कात्तिक ३ गते नेप्से र लघुवित्तबीच भएको सम्झौता अनुसार अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँको १० लाख ३१ हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ।
सूचीकृत भएको सेयरमध्ये कम्पनीले सर्वसाधरणमा बिक्री गरेको (कर्मचारीसहित) ३ लाख ३१ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता गरी कुल १० लाख ३१ हजार कित्ता सेयर असोज ३० गतेको निर्णय अनुसार सूचीकृत भएको हो।
सूचीकृत भएको कम्पनीको उक्त सेयर आइतबार पहिलोपटक दोस्रो बजारमा कारोबार खुल्ने छ। कारोबारका लागि नेप्सेले कम्पनीलाई 'डिएलबीएस' संकेत प्रदान गरेको छ।
आइतबार लघुवित्तको पहिलो कारोबार १४८.६६ रुपैयाँदेखि ४४५.९८ रुपैयाँसम्म खुल्ने छ।


