विद्युतीय भुक्तानी गर्ने ग्राहकहरुलाई सिद्धार्थ बैंकको ४ सय रुपैयाँ क्यासब्याक अफर



बिजमाण्डू
२०७९ कात्तिक ४ गते १५:२१ | Oct 21, 2022


विद्युतीय भुक्तानी गर्ने ग्राहकहरुलाई सिद्धार्थ बैंकको ४ सय रुपैयाँ क्यासब्याक अफर


काठमाडौं। सिद्धार्थ बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न ४ सय रुपैयाँ क्यासब्याक योजना ल्याएको छ।

Tata
Global Ime

योजना अन्तर्गत ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक ५ सय रुपैयाँ वा सोभन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा ४ सय रुपैयाँ क्यासब्याक दिने बैंकले जनाएको छ।

यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानी तर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले विद्युतीय भुक्तानीलाई बढावा दिन यस प्रकारको योजना ल्याएको जनाएको छ।