काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर ८ गते वीरगंजमा वार्षिक साधारणसभा गर्ने भएको छ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश दिने एजेण्डा साधारणसभामा लैजाँदैछ। कम्पनीले १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने छ। यसमा सरकारलाई बुझाइने लाभांश कर रकम पनि समावेश छ।
कम्पनीको संचालक समितिले नियुक्त गरेको स्वतन्त्र संचालकको नियुक्तिलाई सभाले अनुमोदन गर्ने छ।
कम्पनीले अन्य विशेष प्रस्तावहरु अगाडि सारेको छैन। नियामकले तोकेको चुक्ता पुँजी पुर्याइसकेको कम्पनीले यसपालि नगद लाभांश वितरण गर्ने योजना अगाडि सारेको हो।


