सूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापकहरुसँग आवेदन माग



बिजमाण्डू
२०७९ कात्तिक ६ गते ०९:५७ | Oct 23, 2022


Tata
Global Ime

काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ।

लघुवित्तले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको नाममा भएको ४७ हजार १ सय ६२ कित्ता सेयर बिक्री गर्ने भएको हो।

उक्त सेयर बिक्रीका लागि लघुवित्तले पहिलो प्राथामिकता संस्थापक सेयरधनीहरुलाई दिएको छ। संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र सो सेयर खरीदका लागि आवेदन दिन सक्नेछन्।

आवेदन संस्थाको केन्द्रीय कार्यालय बनेपा-१३ साँगा, काभ्रेपलाञ्चोकमा पेस गर्न सकिन्छ। तर उक्त ३५ दिन सम्म संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नपरे संस्थाले प्रचलित नियमअनुसार अन्य व्यक्ति तथा संस्थालाइ बिक्री गर्ने जनाएको छ।