मेची राजमार्गमा जिम्मा लिएर मर्मत नहुँदा दुई खण्डको ठेक्का तोडिदै, आयोजनाले थाल्यो प्रक्रिया



बिजमाण्डू
२०७९ कात्तिक ६ गते ११:०३ | Oct 23, 2022


मेची राजमार्गमा जिम्मा लिएर मर्मत नहुँदा दुई खण्डको ठेक्का तोडिदै, आयोजनाले थाल्यो प्रक्रिया


काठमाठौं। मेची राजमार्ग सडक निर्माणको दुई खण्डको ठेक्का तोडिने भएको छ। आयोजनाले आइतबार एक सूचना जारी गर्दै आयोजनाको दुई खण्डमा ठेक्का पाउने निर्माण कम्पनीले सडक निर्माण अलपत्र पारेको कारण ठेक्का तोड्न लागिएको जनाएको छ।

Tata
Global Ime

मेची राजमार्गको चिहानेडाँडा-फिक्कल र फिदिम-गोपेटार खण्डको सडक निर्माण अलपत्र पार्ने शिवशक्ति इन्फ्रा डेभलप्पर्स प्रालिसँग आयोजनाले ठेक्का तोड्न प्रक्रिया अगाडि बढाएको छ।

आयोजनाले निर्माण कार्य समयमा सम्पन्न गर्न लिखित तथा मौखिक रुपमा निर्माण कम्पनीलाई ताकेता गर्दै आएको थियो। आयोजनाले पटकपटक म्याद थप्दा समेत सडक निर्माणको काम बेवास्ता गरेको आरोप छ।

यसैगरी आयोजनाले निर्माण कम्पनीसँग ठेक्का नतोड्न केही कारण भए पेस गर्न समेत आग्रह गरेको छ।

चिहानडाँडादेखि काबेली सडक खण्डको १ सय २० किलोमिटर सडक मर्मतका लागि २६ करोडमा ७ निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। काम ढिलो हुँदा राजमार्गका खल्टाखुल्टी सडक दुर्घटनाका कारक बनेका छन्।