नेपाल इन्स्योरेन्सका सेयरधनीले पाउने प्रतिफल घट्यो, यसपटक ८.४२ प्रतिशत लाभांश दिने घोषणा



बिजमाण्डू
२०७९ कात्तिक ६ गते ११:१४ | Oct 23, 2022


नेपाल इन्स्योरेन्सका सेयरधनीले पाउने प्रतिफल घट्यो, यसपटक ८.४२ प्रतिशत लाभांश दिने घोषणा


Tata
Global Ime

काठमाडौं। अघिल्लो वर्ष साढे ११ प्रतिशत लाभांश बाँडेको नेपाल इन्स्योरेन्सको प्रतिफल यस पटक घटेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

इन्स्योरेन्सको संचालक समितिले गत आवको नाफाबाट कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो। यस्तै, कर तिर्न कम्पनीले सेयरधनीहरुलाई ०.४२ प्रतिशत नगद पनि दिँदै छ।

लाभांशको प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभा र नियामक बीमा समितिबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३७ करोड ८९ लाख रुपैयाँ छ। यसको ८ प्रतिशत बोनस वितरण पछि चुक्ता पुँजी एक अर्ब ४८ करोड ९२ लाख रुपैयाँ पुग्नेछ।