नेप्सेले नयाँ वेबसाइट संचालनमा ल्याउँदै, कम्पनीहरुले २५ गतेसम्म यूजर र लगइन आइडी लिनुपर्ने



बिजमाण्डू
२०७९ कात्तिक ६ गते १४:११ | Oct 23, 2022


नेप्सेले नयाँ वेबसाइट संचालनमा ल्याउँदै, कम्पनीहरुले २५ गतेसम्म यूजर र लगइन आइडी लिनुपर्ने


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ वेबसाइट संचालनमा ल्याउने भएको छ। कात्तिक २७ गतेबाट नेप्सेले नयाँ वेबसाइट संचालनमा ल्याउने भएको हो।

Tata
Global Ime

जसका लागि नेप्सेले हालसम्म नट्सको लगइन आइडी र युजर आइडी नलिएका सूचीकृत कम्पनीहरुलाई सो आइडीहरु लिन आग्रह गरेको छ। नेप्सेले नयाँ वेबसाइट संचालनमा ल्याउने भएकाले २५ गतेभित्र नट्सको लगइन आइडी र युजर आइडी लिन भनेको छ।

सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेबसाइटबाट मात्रै सार्वजनिक हुनाले नेप्सेको नट्सको लगइन र यूजर आइडी अनिवार्य गरेको नेप्सेले जनाएको छ।

साथै कात्तिक २७ गतेबाट नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा संचालनमा आएपछि पुरानो वेबसाइट अन्तर्गतका सम्पूर्ण लगइन आइडी र यूजर आइडी खारेज हुने नेप्सेकाम कामु सहायक प्रबन्धक भेषराज खनालले जानकारी दिए।