काठमाडौ। ग्लोबल आइएमई बैंकले अघिल्लो पटक दिएको लाभांश दरलाई निरन्तरता दिने भएको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
बैंकले हाल कायम चुक्ता पुँजीमा सो प्रतिफल दिनेछ। बैंकको सञ्चालक समितिले १०.६ प्रतिशत नगद दिने प्रस्ताव अघि सारेको छ। बाँकी ३ प्रतिशत बोनस सेयर हो।
प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधार सभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन्।
हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ छ। यसमा ३ प्रतिशत बोनस सेयर थपिँदा चुक्ता पुँजी २४ अर्ब ५० करोड ९५ लाख रुपैयाँ पुग्नेछ।