
काठमाडौं। विश्वको सबैभन्दा महँगो विद्युतीय गाडी 'पिनिनफेरिना बाटिस्टा' को कुल लागत २२ लाख डलर तोकिएको छ।
यसमा ४ वटा विद्युतीय मोटरहरू समावेश गरिएका छन्। यसमा सुपरकारका सबै फिचर तथा पावर ट्रेनहरु उपलब्ध छन्। यो एक अल-ह्वील-ड्राइभ थ्रील गाडी हो। पूर्णरूपमा विद्युतीय बाटिस्टालाई फेरारिसका बडी बनाउने प्रख्यात पिनिनफेरिना डिजाइन फर्मबाट निकालिएको कम्पनीद्वारा डिजाइन र एसेम्बल गरिएको थियो।
यो नयाँ गाडी १.८ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको गतिमा दौडिन्छ। यसमा १२० किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ। जसले १९२६ हर्सपावरमा २२९९ एनएम टर्क उत्पादन गर्न सक्छ। यसले एक पटकको फुल चार्जमा ४८२ किलोमिटर दुरी पार गर्न सक्छ।
यो कार संस्थापक ब्याटिस्टा 'पिनिन' फारिनाको नाममा राखिएको हो। यसमा पनि बुगाटीमा जस्तै १६-सिलिन्डर टर्बोचार्ज्डको आउटपावर गर्छ। मोटरहरू र ब्याट्रीहरू रिम्याक, क्रोएसियाली इलेक्ट्रिक सुपरकार कम्पनीसँग विकसित गरिएको थियो।
यो मोडललाई कम्पनीले १५० युनिटमात्र उत्पादन गर्ने जनाएको छ। यो कारको बडीमा सुनका फ्लेक्सहरू सहितको हरियो पेन्ट गरिएको छ।
कारको भित्री भाग पनि निकै नै आकर्षक छ। कम्पनीका अनुसार ग्राहकले चाहेमा फरक-फरक रङमा यसको छनोट तथा अर्डर गर्न पनि सक्नेछन्। धेरै नयाँ इलेक्ट्रिक मोडेलहरूमा जस्तै बाटिस्टाको भित्री भागमा धेरै नब र स्विचहरू छैनन्। तर, यसको सट्टा सिट र स्टेयरिङ ह्वील समायोजन जस्ता कार्यहरू नियन्त्रण गर्न टचस्क्रिन प्रयोग गरिएका छन्।
ड्राइभरको छेउको ढोकामा भएको नबले चालकले कारको आधारभूत ड्राइभ मोडहरू परिवर्तन गर्न सक्छन्।
यस कम्पनीमा भारतको महिन्द्रा समूहको प्रमुख स्वामित्व छ। महिन्द्रा समूहले सन् २०१५ मा लगभग १६ करोड ८० लाख युरो लगानी गरी कम्पनीको ७६.०६ प्रतिशत सेयर लिएको हो।