फक्सवागनले विद्युतीय एसयुभी गाडी ‘आइडी-३’ छिट्टै बजारमा ल्याउँदै, सुरुवाती मूल्य २० हजार युरो



बिजमाण्डू
२०७९ कात्तिक १४ गते ०८:५८ | Oct 31, 2022


फक्सवागनले विद्युतीय एसयुभी गाडी ‘आइडी-३’ छिट्टै बजारमा ल्याउँदै, सुरुवाती मूल्य २० हजार युरो


काठमाडौं। फक्सवागनले विस्तारित इभी लाइन-अपको रूपमा आइडी-३ आधारित एसयुभी लञ्च गर्ने भएको छ। कम्पनीले यसलाई सन् २०२६ सम्म अटो बजारमा ल्याउने तयारी गरेको  जनाएको छ। यो कम्पनीले ल्याउने १० वटा इभी लाइन-अप मध्येको एउटा मोडल हो।

Tata
Global Ime

यसको मूल्य २० हजार युरो तोकिनेछ। नयाँ मोडेलले ब्रान्डको इलेक्ट्रिक एसयूभीहरूको लाइन-अपमा फक्सवागन आइडी-४ भन्दा तल्लो स्तरमा ल्याउने कम्पनीले जनाएको छ।

फक्सवागनले बेस्पोक इलेक्ट्रिक मेब प्लाटफर्ममा निर्माण हुने इलेक्ट्रिक कारहरूको विकासलाई तीव्रता दिइरहेको छ। कम्पनीका सीईओ थोमस शेफरले आगामी ४ वर्षमा लञ्च हुने १० नयाँ मोडेलहरूले ब्रान्डलाई 'सबैभन्दा फराकिलो' इलेक्ट्रिक दायरा दिने दावी गर्छन्।

फक्सवागन आइडी-३ लाई फर्मको पहिलो बेस्पोक इलेक्ट्रिक कारको रूपमा २०२० मा अवधारणा लञ्च गरिएको थियो। नयाँ आइडी-३ ह्याच संस्करणको तुलनामा थोरै ठूलो र उच्च-राइडिङ हुनेछ।

यसमा ५८ किलोवाट क्षमताको ब्याट्री प्याक उपलब्ध छ। यसले एक पटकको फुल चार्जमा ४२६ किलोमिटर दुरी पार गर्न सक्छ। १०० किलोवाटको फास्ट चार्जरबाट चार्ज गर्न ३० मिनेटको समय लाग्छ।

समूहले हाल मेब प्लाटफर्मको कट-डाउन संस्करणमा काम गरिरहेको छ। जुन फक्सवागन, कप्रा र स्कोडाबाट प्रवेश-स्तर मोडेलहरूको दायराको लागि प्रयोग गरिनेछ। यी सबैको सुरुवाती मूल्य २० हजार युरोभन्दा कम राख्नमा कम्पनी लक्षित रहेको जनाएको छ।