
काठमाडौं। फोर्डले नयाँ इभी लाइन-अपमा फोकस गर्न ४६ वर्षपछि 'फिएस्टा' मोडल उत्पादन बन्द गर्ने भएको छ। कम्पनीले यसको उत्पादन सन् १९७६ बाट सुरु गरेको थियो।
फोर्डले दशकको अन्त्यसम्ममा युरोपमा सबै विद्युतीय गाडी निर्माणमा ध्यान केन्द्रित गर्न अत्यधिक लोकप्रिय मोडल 'फिएस्टा' ह्याचब्याकको उत्पादन अन्त्य गर्ने पुष्टि गरेको छ।
लामो समयदेखि चलिरहेको उक्त ह्याचब्याकको उत्पादन अर्को वर्षसम्म मात्र हुनेछ। यसमा फोर्डले एस-म्याक्स र ग्यालेक्सी एमपीभी जस्ता संस्करणको उत्पादन बन्द गर्ने जनाएको छ। हाल ब्लू ओभलको कोलोन उत्पादन प्लान्टमा फिएस्टा मोडल उत्पादन गरिएको छ। कम्पनीले अब सबै गाडीलाई विद्युतीय यात्रुवाहक सवारी उत्पादनमा रूपान्तरण गरिने बताएको छ।
यो कम्पनीद्वारा सन् २०२४ सम्म युरोपमा ७ वटा नयाँ विद्युतीय सवारीहरू प्रस्तुत गर्ने बोल्ड योजनाहरूको एक अंग हो। साथै यसमा फोर्ड मस्टाङ मच-ई र ई-ट्रान्जिटको साथ कम्पनीले ९ वटा इभीहरूको लाइन-अप सेट गरेको छ। यो लाइन-अपहरु प्यासेन्जर कार र कमर्सियल भ्यानहरूमा विभाजित हुनेछ।
त्यो लाइन-अपले फोर्ड प्यूमा क्रसओभरको नयाँ ब्याट्री इलेक्ट्रिक संस्करण समावेश गर्नेछ। एक विज्ञप्तिमा फोर्डले सन् २०२४ सम्म युरोपमा तीनवटा नयाँ रोमाञ्चक विद्युतीय प्यासेन्जर सवारी र चार नयाँ विद्युतीय कमर्सियल गाडीहरू प्रस्तुत गर्ने उल्लेख गरेको छ। साथै कम्पनीले सन् २०२६ सम्ममा यस क्षेत्रमा ६ लाखभन्दा बढी विद्युतीय सवारीसाधनहरू बिक्री गर्ने योजना बनाएको पनि जनाएको छ।
विद्युतीय प्यासेन्जर सवारी उत्पादन क्षमता कोलोन प्लान्टको विद्युतीकरण केन्द्रले ६ वर्षको अवधिमा १२ लाख युनिटमा विस्तार गर्ने पनि उल्लेख गरेको छ। यसका लागि कम्पनीले १.५३ अर्ब युरो लगानी गर्ने जनाएको छ। साथै यो लगानी ब्याट्री उत्पादनमा समेत खर्च हुनेछ।
फोर्डले पनि सन् २०३० सम्ममा युरोपमा इभी मात्र उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ। सन् २०३५ सम्ममा युरोपमा सबै-इभी कमर्सियल भेहिकल लाइन-अपहरु हुने निर्णय समेत गरिएको छ।
नयाँ क्रसओभर र स्पोर्ट्स क्रसओभर फोर्ड कोलोन विद्युतीकरण केन्द्रमा बनाइनेछ। फोर्डले सन् २०२३ मा सार्वजनिक हुने मध्यम आकारको क्रसओभर लगभग ५०० किलोमिटर दुरीसम्मको रेन्ज प्रदान गर्ने जनाएको छ। यो फाइभ- सीटर हुने बताइएको छ।