बिदापछि कारोबार खुलेको एक घण्टामा १७ करोडको सेयर किनबेच, बैंकको सेयरमा लगानीकर्ताको आकर्षण



बिजमाण्डू
२०७९ कात्तिक १४ गते १२:२० | Oct 31, 2022


बिदापछि कारोबार खुलेको एक घण्टामा १७ करोडको सेयर किनबेच, बैंकको सेयरमा लगानीकर्ताको आकर्षण


काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार खुलेको एक घण्टामा १९७ कम्पनीको ६ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा १७ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

Tata
Global Ime

तिहार र छठ बिदापछि कारोबार खुलेलगत्तै ७ अंकको वृद्धि देखिएको थियो। बजारले केही समय खरिदकर्ताको बलियो सहायता पायो। तर बजार सामान्य बढ्न साथ बिक्रेता हाबी हुँदा कारोबार खुलेको एक घण्टामै बजारमा ३ अंक गिरावट देखियो। 

बैंकहरुले धमाधम साधारण सभा तथा लाभांश घोषणा गर्दा केही समययता बैंकको सेयरले लगानीकर्ताहरुको आकर्षण बटुलेको छ।

एक घण्टामा एनआइसी एशिया बैंकको साढे २ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, एभरेष्ट बैंकको १ करोड १७ लाख, नबिल बैंकको १ करोड ३४ लाख बराबरको सेयर कारोबार भएको छ।