
काठमाडौं। नयाँ डुकाटी डियाभेलमा पनि भी-४ इन्जिन राखिने भएको छ। कम्पनीका अनुसार आगामी दिनमा बजारमा आउने उक्त लक्जरियस स्पोर्टी बाइकमा कम्पनीको भी-४ इन्जिन राखिने जनाएको छ।
इटालियन बाइक कम्पनी डुकाटीले पावर क्रुजरको लागि सबैभन्दा ठूलो परिवर्तन भनेको बोलोग्नाको भी-४ ग्रान्टुरिज्मो इन्जिन अपनाएको छ। तर, यति मात्र होइन यसमा डुकाटीले २०२३ मा महत्त्वपूर्ण स्टाइल र चेसिस परिवर्तनहरू पनि दिएको छ।
डुकाटीले ल्याएको भी- ४ इन्जिन हालसम्म कै पावरफुल इन्जिन हो। साथै पुरानो मोडलको भन्दा सस्पेन्सन पनि फरक राखिने भएको छ। यसैले यसलाई कम्पनीले डुकाटी डियाभेल भी-४ भनेको छ।
डिजाइनको सन्दर्भमा नयाँ डियाभेलले हेडल्याम्पको दुवै छेउमा ठूला एयर भेन्टहरू, स्टाइलिस स्कूप गरिएको सिट, ठूलो टायर र सिंगल-साइडेड स्विङआर्महरू प्राप्त गर्दछ। यसैगरी इटालियन निर्माताले यो नयाँ मोडेलको लागि केही अरु पनि महत्त्वपूर्ण परिवर्तनहरू गरेको छ।
यसमा सी आकारको एलइडी डीआरएलसहितको नयाँ एलईडी हेडलाइट, डायमण्ड कट इफेक्टको साथ डुअल-टोनमा हुनेछ। अन्य सुविधाहरूको लागि ब्लुटुथ, डायनामिक इन्डिकेटरहरू, क्रुज कन्ट्रोल, लन्च कन्ट्रोल, कर्नरिङ एबीएस, ट्र्याक्सन कन्ट्रोल र ह्वील कन्ट्रोलसहितको ५.० इन्चको टीएफटी डिस्प्ले उपलब्ध हुनेछ।
यो बाइक २ वटा डुकाटी रेड र थ्रिलिङ ब्ल्याक कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
कस्तो छ पावर ?
यस नयाँ मोडलको लागि डुकाटीले मल्टिस्ट्राडा भी- ४ मा जडित ग्रान्टुरिज्मो भी-४ इन्जिन हाल्ने छ। यसको पुरानो मोडलमा भने १२६२ सीसी भी-ट्वीन इन्जिन थियो। यसले १५९ हर्सपावर जेनेरेट गर्दछ।
यो नयाँ डियाभेलमा ११५८ सीसीको लिक्वीड-कुल्ड भी- ४ इन्जिनले १०७५० आरपीएममा १६८ हर्सपावर प्रदान गर्दछ भने ७५०० आरपीएममा १२६ एनएम टर्क उत्पादन गर्न सक्छ। यसमा चाखलाग्दो कुरा के छ भने भी-४ इन्जिन सिलिन्डर डीएक्टिभेसन प्रणालीको सुविधा पनि दिइनेछ। जसले इन्धन खपत र इन्जिन तातो बनाउने क्षमता घटाउनको लागि पछाडिका २ वटा सिलिन्डरहरूलाई बन्द गर्छ।
यो इन्जिन ६ स्पीड गियरबक्ससँग जोडिएको छ जसले बाइ-डीरेक्सनल फास्ट सिफ्टरको पनि हुन्छ। यसको मतलब गियर छिटो परिवर्तन गर्न सकिन्छ।
यो नयाँ डियाभेलमा ३ वटा पावर मोड र ४ वटा राइड मोडहरू उपलब्ध छन्। जसमा स्पोर्टी, टुरिङ, अर्बन र नयाँ वेट मोडहरु छन्।
२ वटा सिलिन्डरबाट ४ वटामा परिवर्तन गर्दा पनि डाइभेलको तौल पुरानोको तुलनामा १३ केजी घटेको छ। यसको एक प्रमुख भाग चेसिस हो। यसमा एक एल्मुनियम मोनोकोक फ्रेम दिएको छ, जुन सिधै सिलिन्डर हेडहरुसँग जोडिएको छ।
यसैगरी अगाडिको ब्रेकमा डुअल ब्रेम्बो स्टाइलमा फोर पिस्टन क्यालिपर र ३३० एमएम डिस्क हुनेछ। तर पछाडि दुई पिस्टन क्यालिपर र सिंगल २६५ एमएम डिस्क प्रयोग गरिन्छ।
नेपालमा डुकाटीको यस्ता लक्जरियस बाइकहरु ६० देखि ९० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।