सुनको मूल्यमा सामान्य वृद्धि, मंगलबार सुन प्रतितोला एक सय र चाँदी १५ रुपैयाँले बढ्यो



बिजमाण्डू
२०७९ कात्तिक १५ गते ११:२८ | Nov 1, 2022


सुनको मूल्यमा सामान्य वृद्धि, मंगलबार सुन प्रतितोला एक सय र चाँदी १५ रुपैयाँले बढ्यो



काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा मंगलबार घटेको सुनको मूल्य स्थानीय बजारमा भने बढेको छ। 

Tata
Global Ime

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा एक सय रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। सोमबार सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य मंगलबार तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२ सय १५ रुपैयाँ भएको छ। सोमबार प्रतितोला १२ सय रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको कारोबार मूल्य घटेको देखिएको छ। सोमबार प्रतिऔंस १६४३.५२ रहेको सुन मंगलबार १६३८.३५ डलरमा कारोबार भइरहेको छ। 

मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतिऔंस १९.१९ डलरमा कारोबार भएको चाँदी मंगलबार १९.४६ डलर छ।