एकपटकको फुल चार्जमा ३०० किमी रेन्ज दिने इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, मूल्य कति छ?



बिजमाण्डू
२०७९ कात्तिक १५ गते १२:१० | Nov 1, 2022


एकपटकको फुल चार्जमा ३०० किमी रेन्ज दिने इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, मूल्य कति छ?


काठमाडौं। कोमाकीको इलेक्ट्रिक स्कुटर बिक्रेता यूनिटी ट्रेडिङले ३०० किलोमिटर रेन्ज दिने स्कुटर नेपाली बजारमा ल्याएको छ। कम्पनीले 'भेनिस अल्ट्रा' इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा आइतबारदेखि बिक्री सुरु गरेको हो।

Tata
Global Ime

यो स्कुटरले एक पटकको फुल चार्जमा ३०० किलोमिटर दुरी पार गर्ने कम्पनीले दावी गरेको छ। कम्पनीले यसको केही समय अघि बुकिङ खुला गरेको थियो। हाल भने नेपालमा उक्त स्कुटरको बिक्री सुरु भएको कम्पनीले जनाएको छ।

कम्पनीले यसको मूल्य ४ लाख ४४ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरिएको छ।

यसमा ३ किलोवाट रेटेड र ४ हजार ९०० पिक पावर भएको मोटर रहेको छ। यसमा ७२ भोल्ट ६६ एम्पियर आवरको लिथियम आयन ब्याट्री प्याक दिइएको छ। यसलाई एक पटक फुलचार्ज गर्न ६ घन्टा समय लाग्ने कम्पनीले जनाएको छ।

यो स्कुटरमा सेल्फ डायग्नोस इन्स्ट्रुमेन्ट, डबल डिस्क ब्रेक, सीबीएस ब्रेकिङ सिस्टम, क्रुज कन्ट्रोल, टर्बो सहित तीन राइडिङ मोड, यूएसबी पोर्ट, रिभर्स एसिष्ट, रिमोट लक, टेलिस्कोपिक सस्पेन्सन, क्रुजर कन्ट्रोल, ब्लुटूथ स्पीकर जस्ता फिचर उपलब्ध छन्।