सिप्रदीले टाटा प्रोटेक्टमा थप गर्‍यो सेवा तथा सुविधाहरु, आधिकारिक सर्भिस सेन्टरबाट पाइने



बिजमाण्डू
२०७९ कात्तिक १५ गते १५:२० | Nov 1, 2022


सिप्रदीले टाटा प्रोटेक्टमा थप गर्‍यो सेवा तथा सुविधाहरु, आधिकारिक सर्भिस सेन्टरबाट पाइने


काठमाडौं। टाटाको गाडी बिक्रेता सिप्रदी ट्रेडिङले टाटा मोटर्स प्रोटेक्टलाई थप सेवा र सुविधाका साथ ल्याएको छ। कम्पनीका अनुसार सम्पूर्ण टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवाको प्रत्याभूती प्रदान गर्ने जनाएको छ।

Tata
Global Ime

यसैगरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी संचालन खर्चलाई न्यूनीकरण र ग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती गर्ने उद्देश्यले २०१९ मा टाटा प्रोटेक्ट सुरु गरेको थियो। यसैलाई सिप्रदीले थप सेवा तथा सुविधासहित बजारमा ल्याएको छ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुका अतिरिक्त प्रमुख व्यवसायिक लक्ष्य विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरु प्रदान गर्नु रहेको बताए।

'हाम्रा ग्राहकहरुको आकांक्षा बमोजिम टाटा प्रोटेक्ट अन्तर्गतका सेवा तथा सुविधाहरुले ग्राहकहरुलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्नेछ,' उनले भने, 'ग्राहकहरुलाई ढुक्क भइ आफ्नो व्यवसायमा ध्यान केन्द्रित गर्न सहयोग पुग्ने कुरामा विश्वस्त छौं।'

टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केयर प्लस, टाटा जेन्युन पार्ट्स्, एक्सप्रेस सर्भिस, टाटा जिप्पी, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयर गरी ८ प्रकारका सेवा तथा सुविधाहरु समावेश छन्। उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।

मास्टर केयर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवा रहेका छन्। जसमा ग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिनेछ। टाटा जेन्युन पार्ट्स अन्तर्गत सिप्रदी वर्कशपमा फेरिएका स्पेयर पार्ट्सहरुमा ६ महिना वा ५० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा रहेको छ।

कम्पनीका अनुसार एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्दछ। नभएमा क्षतिपूर्तिको व्यवस्था कम्पनीले गर्नेछ। यस्तै टाटा जिप्पिअन्तर्गत ४८ घण्टाभित्र गाडीको मर्मत हुन्छ, नभएमा क्षतिपूर्तिको व्यवस्था रहेको कम्पनीले जनाएको छ।

ग्राहकहरुको सेवाको लागि कस्टमर हेल्पलाइनको पनि व्यवस्था छ। जुन २४ घण्टा ७ दिन उपलब्ध रहने छ र ग्राहकहरुको कुनै पनि गुनासोहरु ४८ घण्टा भित्र समाधान गर्ने प्रत्याभूति प्रदान गर्दछ। साथै टाटा सिल्ड अन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमा तयार हुन्छ र साथमा नगदरहित बीमा दाबी सुविधाहरु पनि रहेको छ।

टाटा अलर्ट अन्तर्गत कम्पनीले तोकेका हाईवे करिडोरहरुमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घण्टाभित्र त्यस स्थानमा पुग्ने र ४८ घण्टा भित्र गाडी तयार पारी दिने ग्यारेन्टी प्रदान गर्दछ। यस्तै विकेयेर सेवाअन्तर्गत वर्कशपमा गाडी बनाउँदा ग्राहकले अपेक्षा गरे बमोजिमको सेवा तथा सुविधा प्राप्त नभएमा तुरुन्त सम्पर्क गरी आफ्नो समस्या तथा गुनासोलाई दर्ता गराइ तुरुन्त समाधान प्रदान गर्ने व्यवस्था रहेको छ।