
काठमाडौं। महालक्ष्मी विकास बैंकको मोबाइल एप प्रयोग गरी कारोबार गर्ने ग्राहकहरुले स्मार्टफोन जित्ने भएका छन्।
बैंकका अनुसार महालक्ष्मी मोबाइल एप प्रयोग गरी दुई महिनासम्म तीनवटा कारोबार गर्ने ग्राहकहरुमध्ये चार जनाले स्मार्टफोन पाउने छन्।
बैंकले 'महालक्ष्मी बैंक २ ३ ४ को जादु' अन्तर्गत सो योजना सार्वजनिक गरेको हो। योजना नोभेम्बर १ देखि डिसेम्बर ३१ सम्म कायम हुनेछ।
बैंकले न्यूनतम एक सय वा सोभन्दा माथि कारोबार गर्ने ग्राहक योजनाका लागि योग्य हुने जनाएको छ। साथै कम्तिमा पनि एउटा कारोबार मोबाइल टपअपको पनि हुनुपर्ने बैंकले सर्त राखेको छ।