सानिमा बैंकको ५१ लाख कित्ता सेयर बिक्रीमा, न्युनतम मूल्य १४५, घटीमा १० लाख कित्ता भर्न मिल्ने



बिजमाण्डू
२०७९ कात्तिक १६ गते ०९:४८ | Nov 2, 2022


सानिमा बैंकको ५१ लाख कित्ता सेयर बिक्रीमा, न्युनतम मूल्य १४५, घटीमा १० लाख कित्ता भर्न मिल्ने


काठमाडौं। सानिमा बैंकका विद्यमान संस्थापकले ५१ लाख कित्ता सेयर बिक्री गर्ने भएका छन्। 

Tata
Global Ime

इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्। सेयरको न्युनतम मूल्य १४५ रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन।

यस्तै, न्युनतम १० लाख कित्ताका लागि निवेदन दिनुपर्नेछ। बैंकले सात दिनभित्र इच्छुकलाई निवेदन पेस गर्न सूचित गरेको छ। 

यसअघि राष्ट्र बैंको व्यवस्थाअनुसार विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिइ सेयर बिक्रीमा राखिएको थियो। बैंकले ३५ दिने म्यादसहित सेयर बिक्री खुलाएको थियो। 

तर तोकिएको समयमा बैंकका संस्थापकले सेयर किन्न इच्छा जाहेर नगरेपछि बाहिरी संस्था एवमं व्यक्तिका लागि बिक्री प्रबन्ध मिलाइएको हो।