वाणिज्य बैंकहरुको निक्षेप घट्दो, असोजपछि २३ अर्ब रुपैयाँले घट्यो, कर्जा प्रवाह सामान्य बढ्यो



बिजमाण्डू
२०७९ कात्तिक १६ गते १४:३५ | Nov 2, 2022


वाणिज्य बैंकहरुको निक्षेप घट्दो, असोजपछि २३ अर्ब रुपैयाँले घट्यो, कर्जा प्रवाह सामान्य बढ्यो


काठमाडौं। कात्तिक लागेलगत्तै वाणिज्य बैंकहरुको निक्षेप घट्न थालेको छ। कात्तिक पहिलो साता सवा ६ अर्ब रुपैयाँ घटेको निक्षेप दोस्रो सातामा पुन: १७ अर्ब रुपैयाँ भन्दा बढी घटेको छ।

Tata
Global Ime

कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँमा सीमित छ। अघिल्लो सातासम्म प्रणालीमा कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो। 

असोज मसान्तयता २३ अर्ब रुपैयाँभन्दा धेरै निक्षेप घटेको छ। पछिल्लो एक साताको अन्तरालमा स्वदेशी मुद्राको निक्षेप १६ अर्ब रुपैयाँ घटेको हो।

निक्षेपमा गिरावट आएपनि बैंकहरुको कर्जा प्रवाह भने सामान्य बढेको छ। कात्तिक दोस्रो साता ५६ करोड रुपैयाँ कर्जा परिचालन भएको छ।कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुले कुल ४२ खर्ब २५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्।