चाडबाडको सिजनमा हिरोको बिक्री २०% बढ्यो, ३२ दिनमा डेस्टिनी स्कुटरको बढी कारोबार



बिजमाण्डू
२०७९ कात्तिक १७ गते ०९:०७ | Nov 3, 2022


चाडबाडको सिजनमा हिरोको बिक्री २०% बढ्यो, ३२ दिनमा डेस्टिनी स्कुटरको बढी कारोबार


काठमाडौं। हिरो मोटोकर्पले भारतमा चाडपर्वको सिजनमा २० प्रतिशत नाफा बढाएको छ।  यो नाफा हिरोले ३२ दिनको अवधिमा गरेको जनाएको छ।

Tata
Global Ime

हिरोलाई भारतमा दुई पाङ्ग्रे सवारीसाधनको प्रमुख बिक्रेता मानिन्छ। यसले हालैको चाडपर्वको सिजनमा बिक्रीमा राम्रो वृद्धि भएको रिपोर्ट गरेको हो। ३२ दिनको अवधिमा कम्पनीको बिक्री अघिल्लो आर्थिक वर्षको सोही अवधिको चाडपर्वको समयको तुलनामा २० प्रतिशतले बढेको हो।

हिरो डेस्टिनी १२५ मोडल हिरो मोटोकर्पको ३२ दिनको अवधिमा सबैभन्दा धेरै बिक्री हुने स्कुटर हो।  उक्त स्कुटर मात्र यस अवधिमा ६१ हजार ६ सय ९२ युनिट बिक्री भएको कम्पनीले जनाएको छ।

महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, बिहार, झारखण्ड र कर्नाटक जस्ता प्रमुख राज्यहरूमा उच्च मागको कारण यस्तो नाफा बृद्धि गर्न सफल भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अवधिमा प्रिमियम सेगमेन्टमा रहेका १०० सीसी स्प्लेन्डर प्लस, १२५ सीसी ग्लामोर, सुपर स्प्लेन्डर र नयाँ एक्सपल्स २०० मोडलहरुको बलियो प्रदर्शन गर्न सफल भएको छ।

हिरोले उक्त चाडवाडको अवसर पारेर भारतमा स्कुटर खरिदमा बिभिन्न स्किम समेत ल्याएको थियो। कम्पनीले एक वर्षको बीमा, २ वर्षको नि:शुल्क मर्मतसम्भार, भारु ३ हजार एक्सचेन्ज बोनस, भारु ४ हजार गिफ्ट भौचर, ५ वर्षको वारेन्टी र शून्य प्रतिशत ब्याजसहित ६ महिनाको ईएमआई अफर सहित भारु १३ हजार ५०० सम्मको लाभ दिएको जनाएको छ।