प्रभु बैंकका ग्राहकहरुले मुस्ताङको होटल मुस्ताङ ताजको सेवामा १० प्रतिशत छुट पाउने



बिजमाण्डू
२०७९ कात्तिक १७ गते १०:२४ | Nov 3, 2022


प्रभु बैंकका ग्राहकहरुले मुस्ताङको होटल मुस्ताङ ताजको सेवामा १० प्रतिशत छुट पाउने


काठमाडौं। प्रभु बैंकका ग्राहकहरुले मुस्ताङको होटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा छुट पाउने भएका छन्।

Tata
Global Ime

छुट सम्बन्धीमा बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका तर्फबाट प्रोप्राइटर योगेश शेरचनले हस्ताक्षर गरेका छन्।

प्रभु बैंकमा खाता खोलेर बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल मुस्ताङ ताज एण्ड थकाली किचेनको ‘फुड’, ‘वेभरेज’ र ‘लजिङ’ सेवामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

सम्झौता अन्तर्गत होटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा उक्त छुट पाउने छन्।