काठमाडौं। नबिल म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई ७ प्रतिशत र नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई ५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरणको लागि कम्पनीले कात्तिक १८ गते शुक्रबार बुक क्लोज हुने जनाएको छ। जस अनुसार नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डले गत आर्थिक वर्षका लागि घोषणा गरेको लाभांश आजसम्म कायम सेयरधनीले मात्र पाउनेछन्।
साथै नबिल म्युचुअल फण्डले नबिल फ्लेक्सी क्याप नामको ७ करोड ५० लाख इकाइ भएको खुल्लामुखी योजनाको इकाइहरु यहि कात्तिक २३ गते देखि बिक्री गर्ने जनाएको छ ।


