बिवाइडीले नेपाल र भारतमा शोरुम विस्तार गर्दै, नेपालमा मात्र ५ वटा शोरुम संचालनमा आए



बिजमाण्डू
२०७९ कात्तिक १७ गते ११:५८ | Nov 3, 2022


बिवाइडीले नेपाल र भारतमा शोरुम विस्तार गर्दै, नेपालमा मात्र ५ वटा शोरुम संचालनमा आए


काठमाडौं। चिनियाँ इलेक्ट्रिक कार निर्माता बिवाइडीले नेपाल र भारतमा आफ्नो शोरुम तथा डिलरसिप विस्तारमा जोड दिने भएको छ।

Tata
Global Ime

बिवाइडीले नेपालमा मात्र ६ वटा स्थानमा आफ्नो शोरुमहरु संचालनमा ल्याइसकेको छ। भारतमा भर्खरै एटो- ३ सार्वजनिक भएकाले शोरुम विस्तार गरिरहेको छ। बिवाइडीले उक्त गाडी  आगामी जनवरीमा आफ्नै शोरुमबाट डेलिभरी गर्ने जनाएको छ।

हाल बिवाइडीसँग यस वर्षको अन्त्यसम्ममा भारतमा २३ आउटलेट विस्तार सहित १२ शोरुमहरू निर्माण गर्ने योजना छन् । जसमा नोभेम्बरमा ५ वटा थप गरिएको हो। यस्तै  सन् २०२३ को अन्त्यसम्म बिवाइडीले लगभग ५३ आउटलेटहरूमा आफ्नो नेटवर्क विस्तार गर्ने जनाएको छ।

यस्तै नेपालमा बिवाइडीको शोरुम नक्साल, अनामनगर, नेपालगंज, बिर्तामोड, पोखरामा संचालनमा आइसकेको कम्पनीले जनाएको छ। साथै बुटवल र चितवनमा भने धमाधम निर्माण भइरहेको कम्पनीले जानकारी दिएको छ। यस्तै फाष्ट चार्जिङ स्टेसनको नेटवर्क पनि २५ स्थानमा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

यसैगरी कम्पनीले भारतमा एटो-३ एसयुभी १५ हजार युनिट बिक्री गर्ने लक्ष्य राखेको छ। नेपालमा पनि एटो-३ ७० वटा बुकिङ भएको कम्पनीले जनाएको छ। तर उक्त गाडीको हाल डेलिभरी भने गरिएको छैन। कम्पनीका अनुसार एटो-३ को आगामी निर्वाचन सम्पन्न भएपछि डेलिभरी गर्ने योजना बनाइएको छ।