एनएमबि बैंकको लगानीलाई सहज बनाउन युएसएड ट्रेड एण्ड कम्पिटीटीभनेससँग समझदारी



बिजमाण्डू
२०७९ कात्तिक १७ गते १७:५३ | Nov 3, 2022


एनएमबि बैंकको लगानीलाई सहज बनाउन युएसएड ट्रेड एण्ड कम्पिटीटीभनेससँग समझदारी


काठमाडौं। एनएमबि बैंकले ग्रीन ,जलवायु फाईनान्सिङ र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युएसएड ट्रेड एण्ड कम्पिटीटीभनेससँग सहकार्य गरेको छ।

Tata
Global Ime

सहकार्य अन्तर्गत बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायहरुको लागि वित्तीय पहुँच बढाउने छ। कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समुदायलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

युएसएड ट्रेड एण्ड कम्पिटीटीभनेस पाँच वर्षको १ करोड ८९ लाख डलर (१८.९ मिलियन अमेरिकी डलर)को सहयोग हो। जसले नेपाललाई उच्च गुणस्तर र मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पिछडिएकाहरुको लागी दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरू बढाउनको लागि विश्वव्यापी पूँजीकरण एकीकृत गर्न सक्षम बनाउने दाबी गरिएको छ।

 बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।