५४ मेगावाटको परियोजना विकास गरिरहेको पिपुल्स हाइड्रोको सेयर कात्तिक २५ गतेबाट



बिजमाण्डू
२०७९ कात्तिक १८ गते ०८:४६ | Nov 4, 2022


५४ मेगावाटको परियोजना विकास गरिरहेको पिपुल्स हाइड्रोको सेयर कात्तिक २५ गतेबाट


काठमाडौं।  पिपुल्स हाइड्रोपावर कम्पनीले आम सर्वसाधारणका लागि कात्तिक २५ गतेबाट सेयर जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावितलाई छुट्याएकोमध्ये नबिकेकोसमेत गरेर आम सर्वसाधारणलाई सेयर दिन लागेको हो।

Tata
Global Ime

कम्पनीको सेयरमा  कात्तिक २९ गतेसम्म आवेदन दिन सकिन्छ। १०० रुपैयाँ अंकित दरका सेयरहरुमध्ये ८ लाख ६ हजार ३९० कित्ता प्रभावितले किनेका थिएनन्।

योसमेत गरेर कुल ५६ लाख ६ हजार ३९० कित्ता सेयर बिक्रीमा राखिएको छ। यसमध्ये १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीले पाउने छन् भने २ लाख ८० हजार ३२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ। सर्वसाधारणले ५१ लाख ५७ हजार ८८० कित्ता सेयरमा दावी गर्न सक्ने छन्।

कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र बढिमा एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।

कम्पनीले ५४ मेगावाटको सुपर दोर्दी  जलविद्युत आयोजना ख निर्माण गरिरहेको छ। यसको प्रति मेगावाट लागत १९ करोड २४ लाख रुपैयाँ अनुमान गरिएको छ।