सुनको मूल्यमा झिनो गिरावट, चाँदीमा १० रुपैयाँको वृद्धि, अन्तर्राष्ट्रिय बजारमा चाँदी महँगियो



बिजमाण्डू
२०७९ कात्तिक १८ गते ११:२५ | Nov 4, 2022


सुनको मूल्यमा झिनो गिरावट, चाँदीमा १० रुपैयाँको वृद्धि, अन्तर्राष्ट्रिय बजारमा चाँदी महँगियो


काठमाडौं। सुनको मूल्यमा झिनो गिरावट छ भने चाँदी तोलामा १० रुपैयाँ बढेको छ। सुन अघिल्लो दिनका तुलनामा तोलामा १०० रुपैयाँ घटेको छ।

Tata
Global Ime

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारमा लागि सुनको कारोबार मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ। 
गत आइतबार प्रतितोला ९३ हजार रहेको सुन यो साता अधिकतम ९३ हजार ६ सयसम्म पुग्यो। गत मंगलबारका तुलनामा ५ सय बढ्दा बुधबार कारोबार मूल्य प्रतितोला ९३ हजार ६ सय पुगेको थियो। बिहीबार भने तोलाको ९३ हजार २ सय थियो।

चाँदीको कारोबार मूल्य शुक्रबार प्रतितोला १२ सय २५ छ। अघिल्लो दिनका तुलनामा तोलामा १० रुपैयाँ बढेको हो। बिहीबार प्रतितोला १२ सय १५ रुपैयाँ थियो। 

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य बढोत्तरी छ। बिहीबार प्रतिऔंस १६३७.३५ डलरमा कारोबार भएको सुन शुक्रबार १६४७.१६ डलर भएको छ।

चाँदी प्रतिऔंस १९.७२ छ। बिहीबार १९.३६ डलरमा कारोबार भएको थियो।