फ्रेञ्च कार निर्माता रेनोको विद्युतीय सवारी उत्पादनका लागि १० अर्ब डलर लगानी गर्ने योजना



२०७९ कात्तिक २० गते ०९:५६ | Nov 6, 2022


फ्रेञ्च कार निर्माता रेनोको विद्युतीय सवारी उत्पादनका लागि १० अर्ब डलर लगानी गर्ने योजना


काठमाडौं। फ्रान्सेली कार निर्माता रेनोले आफ्नो विद्युतीय सवारी निर्माणका लागि १० अर्ब डलर लगानी गर्ने लक्ष्य राखेको छ।

Tata
Global Ime

कम्पनीले अर्को वर्ष युरोनेक्स्ट पेरिस एक्सचेन्जमा आफ्नो इभीका केही मोडलहरु सार्वजनिक गर्ने गरी इभी र सफ्टवेयर इकाई तयार गरिरहेको कम्पनीले जनाएको छ। रेनोको इन्धन-इन्जिनबाट संचालित सवारीहरूबाट इभी व्यवसायमा लगानी बढाउने योजना अनुसार यो काम अगाडी बढ्ने कम्पनीको भनाइ छ।

यो लगानी दुई दशक पुरानो साझेदारीलाई पुन: आकार दिन एम्पीयरको कार्भआउट रेनो र जापानी साझेदार निसान मोटर कम्पनी बीचको केन्द्रबिन्दुका रुपमा लिएको छ।

निसानले एम्पीयरमा लगभग १५ प्रतिशत हिस्साका लागि ५० करोड डलरदेखि ७५ करोड डलरसम्म लगानी गर्नुपर्ने छ। तर यो दुई कम्पनीबीच हुने सम्झौतामा निर्भर गर्दछ।

यस्तै रेनोको निसानमा ४३ प्रतिशतको सेयर छ।