
काठमाडौं। हार्ड रक क्याफेले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ। दरबारमार्गमा रहेको शेर्पा मलको माथिल्लव तलामा रहेको क्याफेले शुक्रबार पहिलो वर्षगाँठ मनाएको छ।
७ सय वर्गमिटरभन्दा ठूलो स्पेसमा फैलिएको क्याफेले एकैपटक २०० गेस्टलाई सर्भ गर्न सक्ने बताइएको छ। परम्परागत अमेरिकी कुजिनले परिचित हार्ड रक क्याफेको बर्गर निकै चर्चित छ।
बर्गर सिरिजसँगै सलाद, स्यान्डविच र डेजर्टका लागि पनि क्याफे प्रसिद्ध मानिन्छ। यसका साथै ड्राफ्ट बियर र वाइन, ककटेल र क्याफेको सिग्नेचर हुरिकेन ककटेल उपभोक्ताहरुको रोजाइमा परिरहेको क्याफेले जनाएको छ।
‘हामी काठमाडौंको हार्ड रक क्याफेले पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा निकै खुसी छौं। हामी हस्पिटालिटी उद्योगमा आफ्नो प्रभाव र हाम्रो ब्राण्ड स्ट्यान्डर्ड कायम राख्न प्रतिबद्ध छौं,’ हार्ड रक इन्टरनेसनलकझ फ्रेन्चाइज अपरेसन्सका उपाध्यक्ष एनिबल फर्न्यान्डेजले भने।