स्प्रेड दर आधा घटेको एनआईसी एशिया लघुवित्तको ब्याज आम्दानी प्रभावित, नाफा ६८ प्रतिशत घट्यो



बिजमाण्डू
२०७९ कात्तिक २१ गते १०:१८ | Nov 7, 2022


स्प्रेड दर आधा घटेको एनआईसी एशिया लघुवित्तको ब्याज आम्दानी प्रभावित, नाफा  ६८ प्रतिशत घट्यो


काठमाडौं। ब्याज आम्दानीमा उल्लेख्य गिरावट आएपछि एनआईसी एशिया लघुवित्तको नाफा ६८ प्रतिशत घटेको छ। स्प्रेड दर ८.४३ प्रतिशतबाट घटेर ४.७२ प्रतिशतमा सीमित छ। 

Tata
Global Ime

लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन पोहोर असोजमा २० करोड ६७ लाख रुपैयाँ थियो। असोज अन्त्यसम्म लघुवित्तसँग जम्मा २६ लाख रुपैयाँ वितरणयोग्य नाफा छ।

संस्थाको आम्दानीमा भारी गिरावट आएपछि नाफा संकुचित भएको छ। पोहोर असोजको तुलनामा खुद ब्याज आम्दानी ३१ प्रतिशत घट्दा खुद फी तथा कमिसनको आम्दानी ७० प्रतिशतमा ओर्लिएको छ।

लघुवित्तको निक्षेप संकलन पनि करिब २ प्रतिशत घटेको छ। कर्जा प्रवाहमा भने सामान्य सुधार मात्र देखिन्छ। बेस रेट बढेर १४ प्रतिशत माथि पुगेको छ।

नाफासँगै प्रतिसेयर आम्दानी ३१ रुपैयाँले घटेको छ। असोज अन्त्यमा लघुवित्तको प्रति सेयर आम्दानी १५.१३ रुपैयाँमा सीमित हुन पुगेको हो।