
काठमाडौं । सुनको मूल्य सोमबार केही घटेको छ। आइतबार तोलामा १४ सय रुपैयाँले बढेको सुन सोमबार २ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको बजार मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।
आइतबार सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य सोमबार तोलामा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार २ सय ६५ रुपैयाँ कायम छ। आइतबार चाँदी तोलामा ५० रुपैयाँ बढेर कारोबार मूल्य प्रतितोला एक हजार २ सय ७५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सोमबार सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतिऔंस १६७२.७२ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २०.६० डलर छ।
आइतबार सुन प्रतिऔंस १६८१.३ डलर र चाँदी प्रतिऔंस २०.८५ डलर थियो।