ग्लोबल आइएमई लघुवित्तको खुद नाफा ५८% ले घट्यो, ब्याज आम्दानी र फी कमिसन घट्दा नाफामा असर



बिजमाण्डू
२०७९ कात्तिक २१ गते ११:२५ | Nov 7, 2022


ग्लोबल आइएमई लघुवित्तको खुद नाफा ५८% ले घट्यो, ब्याज आम्दानी र फी कमिसन घट्दा नाफामा असर


काठमाडौं। चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्म ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ। यस अवधिसम्म कम्पनीले २ करोड ६७ लाख खुद नाफा आर्जन गरेको हो। जुन गत आर्थिक वर्षको तुलनामा ५८ प्रतिशतले कम हो।

Tata
Global Ime

कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्म ६ करोड ३९ लाख खुद नाफा आर्जन गरेको थियो। कम्पनीको खुद ब्याज आम्दानी र खुद फी कमिसनमा आएको गिरावटसँगै नाफा पनि उल्लेख्य रुपमा घटेको हो।

यस अवधिसम्म कम्पनीले खुद ब्याज आम्दानीबापत १३ करोड ६८ लाख आर्जन गरेको छ। गत वर्ष कम्पनीले खुद ब्याज आम्दानीबापत १५ करोड ८७ लाखभन्दा बढी आर्जन गरेको थियो।

यस्तै कम्पनीले असोज समान्तसम्म खुद फी कमिसनबापत २ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ४१ प्रतिशत कम हो।

लघुवित्तको निक्षेप संकलन सामान्य बढेको छ। असोज मसान्तसम्म लघुवित्त कम्पनीले ३ अर्बभन्दा बढी निक्षेप संकलन गरेको छ। गतवर्ष असोज मसान्तसम्म कम्पनीले २ अर्ब ९६ करोड निक्षेप संकलन गरेको थियो।

असोजसम्म लघुवित्तको मूल्य आम्दानी अनुपात ६०.१८ छ भने प्रति सेयर आम्दानी १९.३६ छ।