खुद नाफामा गिरावट आउँदा ग्लोबल आइएमईसहित ३ लघुवित्तको सेयर मूल्य घट्यो



बिजमाण्डू
२०७९ कात्तिक २१ गते १३:०८ | Nov 7, 2022


खुद नाफामा गिरावट आउँदा ग्लोबल आइएमईसहित ३ लघुवित्तको सेयर मूल्य घट्यो


काठमाडौं। सोमबार नै वित्तीय विवरण सार्वजनिक गरेका केही लघुवित्त कम्पनीहरुको सेयर मूल्य घट्न थालेको छ।

Tata
Global Ime

नेप्सेको तथ्यांक अनुसार आज ग्लोबल आइएमई लघुवित्त, एनआइसी एशिया लघुवित्त, ग्रामीण विकास लघुवित्तको सेयर मूल्य घटेको हो। खुद नाफा ५० प्रतिशतभन्दा बढी घटेको वित्तीय विवरण सार्वजनिक गर्दा कम्पनीको सेयर कारोबारमा सोझै प्रभाव देखिएको हो। 

आज सेयर कारोबार खुलेको २ घण्टासम्म ५८.१५ प्रतिशत खुद नाफा घटेको ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य ५.०८ प्रतिशतले घटिसकेको छ।

यस्तै ६८.१८ प्रतिशत नाफा घटेको एनआइसी एशिया क्यापिटलको सेयर मूल्य ४.१६ प्रतिशत र ग्रामीण विकास लघुवित्तको सेयर मूल्य ३.३४ प्रतिशतले घटेको छ।