टाटाले ५० हजार युनिट इभीको माइलस्टोन पार गर्‍यो, नेपालमा मात्रै १२०० बढी इभी बिक्यो



बिजमाण्डू
२०७९ कात्तिक २१ गते १८:११ | Nov 7, 2022


टाटाले ५० हजार युनिट इभीको माइलस्टोन पार गर्‍यो, नेपालमा मात्रै १२०० बढी इभी बिक्यो


काठमाडौं। टाटा मोटर्स इन्डियाले अहिलेसम्म ५० हजार युनिट इभी उत्पादनको माइलिस्टोन पार गरेको छ। कम्पनीले सोमबार एक विज्ञप्ती जारी गर्दै ५० हजार इभी बिक्री गरेको जनाएको छ।कम्पनीले सोमबार आफ्नो ५० हजार औं इभी पुनेबाट रोल-आउट गरेको छ। 

Tata
Global Ime

'भारतमा इभीको अग्रगामी कम्पनीका रूपमा टाटालाई सफल कम्पनी बनाउने जिम्मेवारी हामीमाथि थियो। त्यो पूरा गर्ने लक्ष्य तिर लम्किरहेका छौं। यो त्यसको एउटा हिस्सा मात्र हो,' टाटा मोटर्स प्यासेन्जर भेहिकल र टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेश चन्द्रले भने।

उनले भारतमा ५० हजार औं इभी बिक्री गर्नु आफ्नो पोर्टफोलियो कसरी देशभरका मानिसहरूसँग जोडिएको छ भन्ने बलियो प्रमाण रहेको बताए।

'इभीले इन्धनको बढ्दो मूल्य र प्रदूषणको समस्याको व्यवहारिक समाधान प्रदान गर्दैछ,' उनले भने, 'ग्राहकहरू अब इभीलाई स्वागत गर्न तयार छन्।  हामी अब इभी भारतीय ग्राहकहरूका लागि मुख्यधारको विकल्प बनेको देख्न पाउँदा रोमाञ्चित छौं।'

भारतको सबैभन्दा लोकप्रिय एसयुभी ब्रान्ड नेक्सन इभीदेखि नयाँ टियागो इभी भारतको पहिलो इलेक्ट्रिक ह्याचब्याक हो। इभी ग्राहकहरूप्रति कम्पनीको गहिरो बुझाइले सबैभन्दा सान्दर्भिक सुविधाहरूसहितको उत्पादनको रोमाञ्चक मिश्रणमा परिणत भएको टाटाले जनाएको छ।

ग्राहकको आवश्यकतालाई सम्बोधन गर्न कम्पनीले मल्टि मोड रेजेन र मल्टि ड्राइभ मोड जस्ता सुविधाहरू मात्र ल्याएको छ। यस्तै ग्राहकहरूलाई रेन्जको बारे कम्पनीले उनीहरूको इभी ड्राइभ गर्ने उत्तम तरिकाको बारेमा पनि शिक्षित गरेको छ। सबै उत्पादनहरू उच्च भोल्टेज जीपट्रोन आर्किटेक्चरद्वारा संचालित छन्।

नयाँ उत्पादनहरू ग्राहकको विकासशील आवश्यकताहरू पूरा गर्नको लागि विकसित गरिएको छ। टाटा मोटर्सले भइरहेका इभी ग्राहकहरूलाई सफ्टवेयर अपडेडहरू पनि प्रदान गरेको छ। ताकि उनीहरूले नयाँ ड्राइभिङ अनुभवको आनन्द लिन सकुन्। यसबाहेक इभीलाई सजिलैसँग पहुँचयोग्य बनाउने उद्देश्यका साथ यसका लागि आवश्यक चार्जिङ स्टेसन तथा सर्भिसिङ सेन्टरलगायतका इकोसिस्टम तयार पारिरहेको छ।

टाटा मोटर्सले नयाँ मोडलका इभीको लागि तेस्रो जेनेरेसन प्लाटफर्ममा आधारित अभिन्या जस्ता १० वटा इभीहरु ५ वर्षमा लन्च गर्ने योजना बनाएको छ। यस्तै टाटाले आफ्नो प्यासेन्जर सवारीसाधानको मूल्य ०.९ प्रतिशतले वृद्धि पनि गरेको छ। यो सबै सेग्मेन्टमा लागु हुने कम्पनीले जनाएको छ।

यसैगरी टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पनि नेक्सन इभी र टिगोर इभी गरी १२०० भन्दा धेरै युनिट इभी बिक्री गरेको जनाएको छ।