राधी विद्युतले १३ लाख कित्ता हकप्रद बिक्री गर्दै, बोलकबोलमा कम्तिमा १०० कित्ता किन्नुपर्ने



बिजमाण्डू
२०७९ कात्तिक २२ गते ११:०८ | Nov 8, 2022


काठमाडौं। राधी विद्युत कम्पनी लिमिटेडले बोलकबोलमार्फत हकप्रद सेयर बिक्री गर्ने भएको छ।

Tata
Global Ime

कम्पनीले कात्तिक २९ गतेबाट सर्वसाधारण समूहको १३ लाख ५२७.९९ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो। बोलकबोलमार्फत बिक्री गर्न लागिएको उक्त सेयर खरिदका लागि लगानीकर्ताले मंसिर ७ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले यसअघि गत असोज ५ गतेबाट २५ गतेसम्म अंकित मूल्य प्रति कित्ता १०० का दरले ९५ लाख ३५ हजार ७६० कित्ता सेयर बिक्री खुलाएको थियो। त्यो बेला नबिकेको सेयर पुनः बोलकबोलमार्फत दोस्रो चरणमा कात्तिक २९ गतेबाट बिक्री गर्ने भएको हो।

राधी विद्युत कम्पनीले बिक्री गर्ने लागेको सेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ। तसर्थ सेयर खरिदका लागि आवेदन दिँदा सो मूल्य भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ। न्युनतम १०० कित्ता र अधिकतम जतिका लागि आवेदन दिन सक्नेछन्।

उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन पाउनेछन्। आवेदन फारम बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचोर नक्साल तथा मुक्तिनाथ विकास बैकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।