मंसिर १२ गतेदेखि आन्तरिक ऋण उठाउँदै सरकार, राष्ट्र बैंकमार्फत पुससम्म ३० अर्ब उठाउने



बिजमाण्डू
२०७९ कात्तिक २२ गते १७:०५ | Nov 8, 2022


मंसिर १२ गतेदेखि आन्तरिक ऋण उठाउँदै सरकार, राष्ट्र बैंकमार्फत पुससम्म ३० अर्ब उठाउने


काठमाडाैं। सरकारले मंसिर १२ गतेबाट आन्तरिक ऋण उठाउने भएकाे छ। नेपाल राष्ट्र बैंकले सरकारका लागि बजारबाट ऋण उठाइदिने भएकाे छ। सरकारले मंसिरदेखि पुससम्म ३० अर्ब रूपैयाँ उठाउन लागेकाे हाे।

Tata
Global Ime

राजस्व नउठ्ने तर खर्च बढिरहने हुँदा सरकारले ऋण उठाएकाे हाे। चालू वर्ष सरकारले साढे २ खर्ब ऋण उठाउने लक्ष्य राखेकाे छ। अहिले ऋण उठाउँदा सरकारलाई महँगाे पर्छ। पाेहाेर ६/७ प्रतिशत ब्याजमा ऋण उठाएकाे सरकारले तरलता अभावका कारण दाेहाेराे अंकमा ब्याज तिर्नुपर्ने हुन्छ। सरकारले ऋण उठाउँदा तरलता अभाव थप बढ्छ भने निजी क्षेत्रले पाउने ऋण उपलब्धता घट्छ।

सरकारले मंसिर १२ र पुस १८ गते गरि दुईपटक ३६४ दिने ट्रेजरी बिल मार्फत १५ अर्ब उठाउने छ। मंसिर १३, २७ र पुस ५ गते गरेर तीनपटकमा अर्काे १५ अर्ब उठाउने छ। याे विकास ऋण पत्र हाे। याे २,३ र ४ वर्ष अवधिकाे हुने छ।

सरकारले माघदेखि चैतसम्म ८८ अर्ब उठाउँदैछ भने वैशाखदेखि असारसम्म १ खर्ब ३८ अर्ब उठाउँदैछ। सरकारले चालू वर्ष कुल २ खर्ब ५६ अर्ब उठाउने छ।