
काठमाडौं। सुनको मूल्य बुधबार पुन: बढेको छ। मंगलबार भन्दा तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य बुधबार तोलामा ३० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १८०८.४२ डलरमा कारोबार भइहरेको छ। चाँदी प्रतिऔंस २१.३२ डलर छ।