.jpg)
काठमाडौं। आजदेखि एक खुलामुखी सामुहिक लगानी कोष(म्युचअल फन्ड) को बिक्री खुलेको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आजबाट नबिल फ्लेक्सी क्याप फण्ड योजनाको बिक्री खुलाएको हो।
कम्पनीले बिक्रीका खुलाएको कुल ७ करोड ५० लाख इकाइमध्ये १ करोड १२ लाख ५० हजार अर्थात १५ प्रतिशत कोष प्रवर्द्धक र योजना व्यवस्थापकलाई छुट्याइएको छ। जसमा कोष प्रवर्द्धक नबिल बैंकका लागि १४ प्रतिशतले हुन आउने १ करोड ५ लाख इकाइ छुट्याएको छ।
यस्तै योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङका १ प्रतिशतले हुन आउने ७ लाख ५० हजार इकाइ सुरक्षित राखी बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई मध्ये प्रथम चरणमा सर्वसाधरणमा ५ करोड इकाईको बिक्री खुलाइएको छ।
प्रति इकाई १० रुपैयाँमा बिक्री खुलाइएको उक्त इकाइ खरीदका लागि आजदेखि कात्तिक २७ गतेसम्म आवेदन दिन सकिन्छ। तर सर्वसाधरणहरुबाट सो समयसम्म पर्याप्त आवेदन नपरे सो इकाई मंसिर ७ गते सम्म बिक्री गरिने छ।
यस खुलामुखी योजनाको कोष प्रवर्द्धकमा नबिल बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापकमा नबिल इन्भेष्टमेन्ट छ।
यस म्यूचुअल फण्डका लागि न्यूनतम १०० इकाई र अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सकिन्छ।


