समृद्धि फाइनान्सले ७ लाख ६७ हजार हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने, किनबेच बोलकबोलबाट



बिजमाण्डू
२०७९ कात्तिक २४ गते १०:१७ | Nov 10, 2022


समृद्धि फाइनान्सले ७ लाख ६७ हजार हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने, किनबेच बोलकबोलबाट


Tata
Global Ime

काठमाडौं। समृद्धि फाइनान्सले संस्थापकतर्फको अवितरित हकप्रद बोकबोल मार्फत बिक्री गर्दैछ। फाइनान्सले कुल ७ लाख ६७ हजार ३६६ कित्ता सेयर सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने जनाएको हो। 

इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्। विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।  

सेयरको न्युनतम मूल्य फाइनान्सले १०० रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन। यस्तै, न्युनतम एक हजार कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

फाइनान्सले मंसिर १ गतेदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गरिने जनाएको छ। बोलकबोलमा मंसिर १५ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ। बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्सबाट प्राप्त गर्न सकिनेछ।