काठमाडौं। चिर्ख्वा खोला हाइड्रोपावरले १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ। हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो।
कम्पनीले १०० रुपैयाँ प्रतिसेयर अंकित दरमा कुल १२ लाख कित्ता जारी गर्ने जनाएको छ। यसका लागि कम्पनीले बोर्डमा गत कात्तिक १७ गते निवेदन पेस गरेको थियो।
आइपीओ निष्कासन तथा बिक्री प्रबन्धको जिम्मेवारी कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङलाई दिएको छ।
कम्पनीको ४.७ मेगावाट क्षमता भएको माथिल्लो चिर्ख्वा खोला जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छ। आयोजना भोजपुर जिल्लामा अवस्थित छ।


